पोखराको नयाँ गाउँमा प्रभु बैंकको शाखा विस्तार
पोखरा महानगरमा मात्र १० औं शाखा
पाेखरा | बैशाख ३, २०८१
पोखरा: पोखरा महानगरपालिका–१५ नयाँ गाउँमा प्रभु बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । नयाँ गाउँमा शाखा विस्तार गर्दै प्रभु बैंकले गण्डकी प्रदेशमा ५४ औं शाखा सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंक नयाँ गाउँ शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरिन् । प्रभु बैंक लिमिटेडको नयाँ गाउँमा शाखा विस्तार गर्दै देशभर ३ सय २ औ शाखा सञ्चालन गर्न सफल भएको छ ।

नयाँ गाउँ शाखाको उद्घाटनपछि बोल्दै प्रभु बैंक गण्डकी प्रदेशका व्यावसायिक केन्द्र अधिकृत शेरचन गौचनले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैैंकिङ सेवा विस्तार गर्ने लक्ष्य अनुरुप नयाँ गाउँमा शाखा विस्तार गरेको बताईन् ।
‘सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित पोखराको नयाँ गाउँमा शाखा विस्तार गरेका छौं’, शेरचनले भनिन्, ‘देशको आर्थिक विकासमा सकारात्मक टेवा पु¥याउन बैंकिङ क्षेत्रको योगदान छ, आशा छ तपाईहरुले हामीलाई अझै विश्वास गर्नुहुनेछ ।’
पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बाँनियाले वडाभित्र नै बैंकको शाखा विस्तार हुँदा सर्वसाधारणदेखि स्थानीयहरुलाई बैंकिङ कारोवारमा सहज हुने बताए ।
प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले सबल अर्थतन्त्र बिकासको सहयात्री, अग्रणी बाणिज्य बैंकको यो शाखाले समाजको प्रत्येक सदस्यलाई उत्कृष्ट गुणस्तर सहितको वित्तिय उत्पादन तथा सेवाहरु उपलब्ध गराएर आर्थिक समृद्धिको लागि योगदान दिनेमा बिश्वास लिएको बताए ।
प्रभु बैंक लिमिटेडले पोखराको बगर, हरिचोक, रत्नचोक, अघौंचोक, बाजापाटन, तालचोक, विरौटा, न्यूरोड र नयाँ गाउँमा शाखा सञ्चालन ल्याएको छ । यस्तै बैंकले कास्कीको माछापुच्छ«े गाउँपालिकामा समेत शाखा विस्तार छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

